यौन दुर्व्यवहार आरोपः विगतमा ५० वटा मुद्दा लाग्दा पाँच थपियोस् भनेर निवेदन हाले-स्थापित

काठमाडौं, १२ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोपलाई सामान्य भनी टिप्पणी गरेका छन् ।

सोमबार मनोनयन दर्ता गरेपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफ्नो नाममा बेला बेलामा विवाद आउने गरेको टिप्पणी गरे । ‘मजत्तिको व्यक्ति उपर इस्यु भएन भने केशव स्थापित नै भएन, विवादमा नआउने पनि पनि केशव स्थापित हुन्छ र आइरहनुपर्‍यो नि !’ विगतमा आफूलाई ५० वटा मुद्दा लाग्दा ५ वटा थपियोस् भनेर निवेदन हालेको भन्दै उनले भने, ‘त्यति चुनौती बोक्ने मान्छेलाई बाहिर सडकमा केही इस्यु उठ्यो भने त्यता ध्यन दिनु हुँदैन ।’ दुई वर्षअघि काठमाडौं महानगरपालिकाकी एक पूर्व कर्मचारीले तत्कालिन मेयर स्थापितले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । नेता स्थापितले आफूविरुद्ध बेला बेलामा इस्युहरु उठ्ने गरेको पनि टिप्पणी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति