मध्याह्न १२ बजेसम्मको उम्मेदवारी अपडेटः देशभर १६ हजार बढीले गराए दर्ता (सुचिसहित)

काठमाडौं, १२ बैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १६ हजार बढीले विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार आइतबारदेखि सोमवार मध्याह्न १२ बजेसम्म १६ हजार ५६८ जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ताका लागि देशभर साँझ ५ बजेसम्म समय तय गरिएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा ७६८ जना, अध्यक्ष पदमा ६१४ जना तथा उपप्रमुख पदमा ३८३ र उपाध्यक्ष पदमा ३३४ जनाको उम्मेदवारी परेको छ । यस्तै वडाध्यक्षमा ४ हजार ४३९ जना, महिला सदस्यमा २ हजार ५४१ जना, दलित महिला सदस्यमा २ हजार ५९ र सदस्य पदमा ५ हजार ४३० जनाको उम्मेदवारी परेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति