विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

विराटनगर । काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने भएका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले विराटनगरको मेयरमा कोइरालालाई उम्मेदवार बनाएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

कोइराला शेखर कोइराला निकट मानिन्छन् । यसअघि कृष्णप्रसाद सिटौलाले हालका मेयर भीम पराजुलीलाई दोहोर्‍याउन अडान राखेपछि उम्मेदवार छनोट गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सकस परेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति