एमालेले गर्यो पोखरामा उम्मेदवार परिवर्तन, मेयरमा कृष्ण थापा, उपमेयरमा मञ्जुदेवी गुरुङ

पोखरा । नेकपा एमालेले पोखराको मेयर परिवर्तन गरेको छ । दीपक पौडेललाई उम्मेदवार बनाउने यसअघि निर्णय भएपनि आइतबार साँझ एमालेले उम्मेदवार परिवर्तनको निर्णय गरेको हो ।

एमालेले कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको छ ।

एमालेले अघि सारेका मेयर पदका उम्मेदवार पौडेलले सिक्री चोरेको भिडियो भाइरल भएपछि एमालेले उम्मेदवार परिवर्तन गरेको हो ।

एमालेले पौडेलको ठाउँमा पूर्व मेयर तथा प्रदेशसभा सदस्य कृष्ण थापाको नाम टुंगो लगाएको हो । यसअघि सांसदले मेयर लड्न नपाउने गरी केन्द्रले निर्णय गरेको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति