फुटबल खेलाडी सङ्घको अध्यक्षमा लामा

काठमाडौँ, ११ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अन्तर्गत फुटबल खेलाडी सङ्घको अध्यक्षमा थ्रिस्टार क्लबका कप्तान विक्रम लामा चुनिएको छ ।

खेलाडी सङ्घको आज भएको साधारणसभाबाट लामासहित पदाधिकारी र सदस्य निर्विरोध चयन भएको हो । सङ्घको उपाध्यक्षमा राष्ट्रिय टोलीका सदस्य विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन चुनियो । त्यसैगरी रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्यमा चुनियो । नवनिर्वाचित खेलाडी सङ्घका कार्यसमितिलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशंसापत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना दिए । सङ्घका नवनिर्वाचित अध्यक्ष लामाले खेलाडीको हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति