काठमाडौँ, विराटनगर र पोखरामा चारजनाले गरे मेयरमा मनोनयन दर्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्मेदवारी नराम्रा उम्मेदवारलाई हराउन र राम्रालाई जिताउन मात्र भएको बताएका छन् ।

उनीपछि स्वतन्त्रतर्फबाट राजन कार्कीले मेयर पदमा मनोनयन दर्ता गराएका छन् ।

प्रदेश १ को विराटनगर महानगरपालिकाको मेयरमा पनि एक जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने माधवराज वाग्ले हुन् । उनी यसअघि सोही महानगरपालिकाको वडा नम्बर–१० का अध्यक्ष थिए ।

यस्तै, पोखरा महानगरपालिकाको मेयर पदमा गनेस पौडेलको पनि मनोनयन दर्ता भएको छ । उनी ‘अटेरी अभियान’मा आबद्ध छन् । पौडेल लेखक तथा स्तम्भकार पनि हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति