गोलाप्रथाद्वारा उम्मेदवारी मनोनयनको दिन तोकिएकोमा आयोगको ध्यानाकर्षण

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन गर्नका लागि कतिपय स्थानीय तहमा गोलाप्रथाद्वारा दिन तय गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । आयोगले शनिबार विज्ञप्ति जारी गर्दै समय व्यवस्थापनका लागि दुई दिन मनोनयनका लागि छुट्याएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनमध्ये आफूलाई उपयुक्त हुने दिनमा उम्मेदवारलाई मनोनयन दर्ता गर्नका लागि विज्ञप्तिमार्फत आग्रह गरेका छन् । दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ-आफ्नो मनोनयन दर्ता गर्नुहुन आयोग सम्पूर्ण सरोकारवालालाई आग्रह गर्दछ, आयोगले भनेको छ, साथै कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोलाप्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएको हुँदा यस विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनका लागि समय छुट्याइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति