महानगरको मतपत्र : उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिह्न रहने

काठमाडौं, १० बैशाख । ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यो आयोगको पूर्वनिर्णय हो । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।यसो हुँदा राष्ट्रिय दलहरुले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहन्छ, उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न रहँदैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति