पूर्वमन्त्री घलेका १५१ पुस्तक पूर्व प्रधान्यायधीश शुशीला कार्की सहित १५१ महिलाद्वारा सामुहिक विमाेचन

काठमाडौं, १० वैशाख । पूर्वमन्त्री सुश्री भद्रकुमारी घलेद्वारा लिखित १५१ वटा पुस्तकको नेपालका प्रथम प्रधान्यायधीश शुशीला कार्की ज्युको प्रमुख आतिथ्यतामा १५१ जना महिलाद्वारा ऐतिहासिक सामूहिक विमोचन गरियाे ।

वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित १४१ पुस्तकहरु प्रकाशित गरिसकेकी घलेले यस अघि एउटै मञ्चबाट ४९ पुस्तकहरुको एकसाथ विमोचन गरिसकेकी छिन् । नौ दशक उमेर पार गरिसेककी घलेले गरेको यो कार्य समाजका लागि उदाहरणीय रहने विश्वास गरिएको छ । १५१ पुस्तकहरुमा निबन्ध, कविता, र भजन सङ्ग्रहहरु रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति