काठमाडौंमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंह

काठमाडौँ, १० बैशाख । पाँच दलीय सत्ता गठबन्धनबाट काठमाडौं महानगरको मेयर पदमा कांग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाइने भएको छ।

आफ्नो भागमा परेका महानगर र उपमहानगरका प्रमुखरउपप्रमुखका उम्मेदवार तोक्न शुक्रबार राति बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उठाउने सहमति जुटाएको हो। कांग्रेसकी महाधिवेशन प्रतिनिधि उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्। तर अन्यमा सहमित जुट्न बाँकी छ। बाँकी महानगरपालिकाका तथा उपमहानगरपालिकाका उम्मेदवारबारे आज जारी छलफलले टुंगो लगाउने बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति