भरतपुर महानगरपालिकाकी मेयर दाहालले दिइन् राजीनामा

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

स्थानीय तह निर्वाचनमा प्रमुख पदमा फेरि उम्मेदवारी दिन दाहालले शुक्रबार राजीनामा दिएकी हुन् । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दाहालको राजीनामा स्वीकृत भएको जानकारी दिइन् ।

निर्वाचन आयोगले उम्मेदवार बन्न बहालवला पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न दाहालले राजीनामा दिएकी हुन् ।

सत्ता गठबन्धनको निर्णयअनुसार भरतपुर महानगरको मेयर नेकपा (माओवादी केन्द्र)ले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति