अवसरवादी कम्युनिस्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भयो : मोहन वैद्य

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले अवसरवादी कम्युनिस्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा वैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिस्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताए ।

उनले प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको टिप्पणी पनि गरे । जनयुद्धका बेला प्रतिकृयावादीको रक्षा कवज भन्दै एमाले प्रवृतिका विरुद्ध संघर्ष गरेको र पछि गएर अवसरका खोज्दै प्रचण्डले त्यही एमालेसँग एकता गरको उनले बताए ।

सामन्तवादीको रुपमा रहेको कांग्रेसलाई टेकोसो लगाएर गठबन्धन सरकार बनेको टिप्पणी गर्दै वैद्यले गठबन्धन सरकारले देशलाई केही गर्न नसक्ने धारणा राखे । पुरानो राज्यसत्ता हटाउनसँगै लडेपछि ओली र प्रचण्डलाई अहिले पुरानो राज्यसत्ताको बन्दुकले बचाइरहको उनको भनाइ छ ।

त्यस्तै, उनले पञ्चायतमा अन्य दललाई दमन गर्न जे कदम चालिएको थियो, अहिलेको कम्युनिस्टले त्यही कदम चालिरहेको तर्क गरे ।

वैद्यले नवप्रतिक्रियावादीसँग लड्नका लागि विचार मिल्ने कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति