चितवनमा कांग्रेसका सभापतिको कार्यकक्षमा तालाबन्दी

चितवन, ९ वैशाख । नेपाली कांग्रेस, चितवनका नेताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । शुक्रबार पार्टी कार्यालय, कमलनगरमा भएको भेलाले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसकै हुनुपर्ने अडान अघि सारेको छ ।

सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेसले उपप्रमुख लिएको छ । भरतपुरको मेयर कांग्रेसकै हुनुपर्ने माग गर्दै आएका कांग्रेस नेताहरुले भने केन्द्रको निर्णयको विरोध गर्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति