एमालेद्वारा १७ पञ्चायतकालका ज्येष्ठ कम्युनिस्ट योद्धालाई सम्मान

काठमाण्डौ, ९ बैशाख । नेकपा एमालेले पञ्चायतकालमा भूमिगत अवस्थामा कम्युनिस्ट आन्दोलनलाई योगदान दिने १७ ज्येष्ठ कम्युनिस्ट योद्धालाई ‘कम्युनिस्ट योद्धा सम्मान’ बाट सम्मान गरेको छ ।

एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७३औँ स्थापना दिवसका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । एमालेले झापा आन्दोलनका अगुवा अमर कार्की, भीमबहादुर खतिवडा, धनुषाकी कुमारी महरा, ललितपुरका चतुर ब्यञ्जनकार, काठमाण्डौका विष्णु डङ्गोल, बाग्लुङका वसन्त गौचन, काठमाण्डौका नानीमैयाँ नकर्मी, गायक रामकृष्ण दुवाल, हरि शर्मा, कास्कीका टेकनाथ बराल, कञ्चनपुरका लक्ष्मी जोशीलगायत छन् । उनीहरुलाई एमालेका अन्य शीर्ष नेताको उपस्थितिमा अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेको हो । एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कठोर यातना र जेलनेलपूर्ण जीवन पार गरेर लोकतन्त्रका लागि गरेको उनीहरुको योगदानको स्मरण गर्दै सम्मान गरिएको जानकारी दिए । एमालेले आजै देशका प्रायजसो पालिकामा आफ्ना तर्फबाट चुनावका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । यसैबीच, एमालेको थापाथलीमा रहेको केन्द्रीय कार्यालय आजदेखि ललितपुरको च्यासलको तुल्सीलाल स्मृति भवनमा स्थानान्तरण गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति