इलाममा विप्लव नेतृत्वको नेकपाले चुनावमा लड्ने

इलाम । नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाममा स्थानीय तहको चुनावमा भाग लिने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

पार्टीको १४औँ जिल्ला कमिटी बैठकपछि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले इलाम नगरपालिकाको नगर प्रमुखमा फडिन्द्र न्यौपाने र उपप्रमुखमा नारदमणि साम्पाङ, माई नगरपालिकाको प्रमुखमा युवराज आचार्य र उपप्रमुखमा अमर राई, देउमाईको नगर प्रमुखमा मोहन बराल, सन्दकपुर गाउँपालिका अध्यक्षमा खड्ग राई, चुलाचुलीको अध्यक्षमा गणेशबहादुर पौड्याल, माईजोगमाईको अध्यक्षमा बेनुप तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

बाँकी पालिका र वडामा उम्मेदवारको चयनको प्रक्रियामा रहेको पार्टीका जिल्ला इन्चार्ज सुमन सिंहले बताए । नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता छैन । त्यसैले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव भिड्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति