भारतमा कोरोनाको सङ्क्रमण वृद्धि भएसँगै काेभिड मापदण्ड पालना गर्न अपिल

काठमाण्डौ, ८ बैशाख । सरकारले छिमेकी भारतमा कोरोनाको सङक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम रहेको जनाएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरेकाले खोप लगाउन र समयका पुगेकालाई बुस्टर डोज लगाउन आग्रह गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले विज्ञप्ति निकालेर सङक्रमण भित्रिन र फैलन नदिन थप जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नरगराउन अनुरोध गरेकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति