गठबन्धनले टुंग्यायो भागबन्डा, सहमतिपत्रमा हस्ताक्षरको तयारी हुँदै

काठमाडौँ, ७ वैशाख । सत्तारुढ गठबन्धनको बैठकले छ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ ।

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टु्ंगिएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन् । उनकाका अनुसार अन्तिम सहमति पत्रमा केहीबेरपछि हस्ताक्षर हुँदैछ ।’सिट बाँडफाँटमा सहमति भयो, अब हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्छौं,’ उनले भने । छ महानगर र नाैँ उपमहानगरको प्रमुख र उपप्रमुखको भागबन्डा मंगलबार रातिको बैठकमा नै सहमति बनिसकेको थियो भने बाँकी पालिकाहरुमा आजको बैठकले टुंगो लगाएको हो । भागबन्डा मिलाउन दलहरुबीच बालुवाटारमा छुट्टा-छुट्टै छलफल समेत भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति