श्रीलंकामा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली, एकको मृत्यु


काठमाडौं, ७ बैशाख । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको छ।
जवायरका अनुसार मध्य श्रीलंकामा पर्ने राम्बुक्काना सहरमा मंगलबार प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर ११ जना घाइते भएका छन् भने झडपमा परी १० प्रहरी पनि घाइते भएका छन्। आर्थिक संकट चुलिएसँगै राष्ट्रपति गोटवाया राजापाक्षेको राजीनामा माग्दै श्रीलंकामा केही सातायता विशाल प्रदर्शनहरू भइरहेका छन्।प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको भने यो पहिलो पटक हो। राम्बुक्कानामा प्रदर्शनकारीहरूले इन्धनको माग गर्दै १५ घन्टादेखि लगातार प्रदर्शन गरिरहेका थिए। उनीहरूलाई तितरबितर पार्न गोली चलाउनु परेको प्रहरीले बताएको छ।अहिले राम्बुक्कानामा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लगाइएको छ। आर्थिक संकट गहिरिएपछि राष्ट्रपति राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीले राजीनामा दिएका थिए।

राजापाक्षेले अहिले नयाँ मन्त्रिमण्डल बनाएका छन्। प्रदर्शनकारीहरू भने मन्त्री फेरेर समस्याको समाधान नहुने भन्दै राजापाक्षेको राजीनामा मागिरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति