बाणिज्य संघमा गठबन्धनलाई हराउँदै एमाले उम्मेद्वार बिजयी

सुर्खेत, ६ बैशाख । उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा सत्तारुढ गठबन्धन र राप्रपाको समर्थनका उम्मेद्वारलाई हराउँदै एमालेले समर्थन गरेका स्वतन्त्र व्यवसायी लक्ष्मण कँडेल अध्यक्षमा विजयी भएको छ ।

नेपाली कांग्रेस संस्थापन समूह, नेकपा माओवादी, नेकपा एस, जसपा, राप्रपालगायतका दलहरुले सर्मथन गरेका हर्षविक्रम खड्कालाई नेकपा एमाले, कांग्रेसको संस्थापनइतर समूह र नेमकिपाको गठबन्धनले पराजित गरेको हो । स्थानीय तहको निर्वाचनको मुखैमा भएको उद्योग वाणिज्य संघ सुर्खेतको चुनावमा निवर्तमान महासचिव लक्ष्मण कँडेल विजयी भएकाे हो । नेकपा एमालेले यसलाई सत्तारुढ गठबन्धनको पराजयको रुपमा लिएको छ । आइतबार भएको निर्वाचनमा २०५८ मतदातामध्ये १८२४ मत खसेको थियो । यसअघिका महासचिवसमेत रहेका कँडेलले ९११ मत ल्याएर विजयी हुँदा खड्काले ८६३ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति