सत्ता गठबन्धनको बैठक वालुवाटारमा सुरु

काठमाडौं, ६ बैशाख । सत्ता गठबन्धनको बैठक दिउँसो एक घण्टा ढिला गरी सुरु भएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति