‘ए मेरो हजुर ४’ को पहिलो दिन ८० लाखको ग्रस कलेक्शन

काठमाडौं, ४ बैशाख । नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले पहिलो दिन बम्पर ओपनिङ् गरेको वितरकले बताएका छन् । वितरण कम्पनी काफिया फिल्म्सका गोविन्द शाहीले दिएको रिपोर्ट अनुसार यो फिल्मले नयाँ बर्षको दिन देशभरबाट असी लाख ग्रस कलेक्शन गरेको हो ।

दक्षिण भारतिय फिल्म ‘केजीएफ २’ को दबदबाकाबीच असी लाखको ग्रस कलेक्शनलाई बम्पर मान्न सकिन्छ । झरना थापाले निर्देशित ‘ए मेरो हजुर ४’ का अनमोल केसी र सुहाना थापाको जोडी हिट छ । अनमोल र सुहाना सहित सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो फिल्ममा अभिनय गरेका छन् । वितरकका अनुसार देशैभर शो टाइम पनि थप भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ४३ लाख माथिको कलेक्शन रहेको शाहीले बताए । नेपाली फिल्मलाई अत्याधिक थोरै शोटाइम दिने तर विदेशी फिल्मलाई भने गैरकानुनी रुपमा मध्यराती देखि नै टिकट दर समेत नराखी ‘केजीएफ २’ चलाएपछि काठमाडौंका केहि हलहरुलाई चलचित्र विकास बोर्डले कारबाही प्रक्रिया समेत अगाडी बढाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति