काठमाडौं, ४ बैशाख । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणका अनुसार मृतकहरुको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।
उपचारका लागि पोखरा पठाइएकामध्ये दुईजनाको अवस्था भने गम्भिर रहेको बताइएको छ । यस्तै जीप चालक तथा यात्रुहरुको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन । थप विवरण प्राप्त हुँदै छ ।
प्रतिक्रिया