स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छ : महत प्रवक्ता

काठमाडौँ, ३ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् । एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रेन्डली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका बेला सञ्चारकर्मीमाझ उनले गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पारे ।कुनै ठाउँमा गठबन्धन दलहरुबीचमै आ–आफ्नो दाबी रहृयो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने प्रवक्ता महतले बताए । ‘कुनै ठाउँमा समझदारी हुन सकेन । त्यहाँ सबैको आ–आफ्नो दाबी रहृयो ।

मेरै त्यहाँ ज्यादा शक्ति छ, मेरै जनाधार बढेको छ । हामीले नै जित्छौं । र, अर्को विपक्ष दल एमालेले जित्दैन भन्ने स्थिति आयो भने त्यस्तो धेरै ठाउँमा आउन पनि सक्छ । त्यस्तो ठाउँमा फ्रेन्डली प्रतिस्पर्धा हुन पनि सक्छ, उनले भने, तर हामी एकअर्कामा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौं । अरु दलसँग गठबन्धन गर्ने छैनौं ।

त्यही नै सहमति शीर्ष तहमा भएको छ ।’ उनले पार्टी केन्द्रमा भएको गठबन्धनको मूल मर्म र भावनाअनुसार हुनेसम्म तालमेल गर्न पार्टीका सम्बन्धित तहलाई आग्रह गरे । प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयर बाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीहरुकै गठबन्धनले तय गर्ने स्मरण गराए । त्यहाँ कुनै समस्या भए तत्काल केन्द्रमा जानकारी गराउन पनि उनले स्थानीय गठबन्धन दलहरुलाई आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति