माधव नेपाल लगायतका पार्टीलाई सडकमा छोड्न मिल्दैन : उपसभापति खड्का

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनलाई साथसाथै लैजानुपर्ने बताएका छन्।

उनले पाँच दलीय गठबन्धनबिना केन्द्रीय सरकार पनि नबच्ने भएकोले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए।आज सानेपामा बसेको निर्वाचन परिचालन समिति बैठकमा बोल्दै उनले गठबन्धनबिना कांग्रेस पनि बलियो हुन नसक्ने जिकिर गरेका थिए।‘गठबन्धनका लागि पार्टीले गरेको निर्णय अनुशासनको घेराभित्र पर्दछ,’ उनका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सभापतिदेखि सबै निकायका साथीहरूको सवालमा लागू हुन्छ।

गठबन्धन बचेन भने केन्द्रीय सरकार पनि बच्दैन।’उनले नेकपा एकीकृत समाजवादीलगायत दललाई पनि साथसाथै लैजानुपर्ने बताए।‘माधव नेपाललगायतका पार्टीलाई सडकमा छोड्नु कांग्रेसको नैतिकताभित्र पर्दैन,’ उनले भने, ‘गठबन्धनबिना कांग्रेसको हालत पनि त्यति राम्रो छैन।’स्थानीय स्थिति र अवस्था बुझेर अघि बढ्न उनले आग्रह गरेका छन्।‘धेरै ठाउँमा समस्या छ तर गठबन्धन विश्वासको वातावरण कायम गर्दै अगाडि बढ्नु निर्वाचन समिति र सबैको कर्तव्य हो,’ उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति