प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोगमा कागजात पेश गर्न सर्वोच्चकाे आदेश

काठमाडौं, २ वैशाख । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता गर्दाका कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अधिवक्ता पुण्यप्रसाद खतिवडाले दिएको रिटको सुनुवाइ गर्दै शुक्रबार संवैधानिक इजलास राणाविरूद्धका कागजात पेस गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। आजको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र तेजबहादुर केसी थिए। गत फागुन १ गते सत्तारूढ दलका ९८ सांसदले राणाविरूद्ध महाभियोग दर्ता गरेका थिए। राणाविरूद्धको महाअभियोग असंवैधानिक भन्दै अधिवक्ता खतिवडाले रिट दायर गरेका थिए। संसदमा महाअभियोग दर्ता भएर महाअभियोग सिफारिस समिति गठन भएको छ। समिति गठन भए पनि राणामाथिको छानबिन सुरू भएको छैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति