दासको हत्यामा संलग्न चार जना पक्राउ

कैलाली, २ बैशाख । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ ।

महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जना मध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सिमानाकाबाट बैशाख १ गते राति पक्राउ गरिएको जानकारी गराएको हो । यसरी पक्राउ पर्नेहरुमा सोही गाउँपालिका वडा नम्बर ९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी रहेका छन । केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरुलाई कामको खोजी गर्ने क्रममा बेलहिया सिमानाकामा आएको खवर आएपछि स्थानीय प्रहरीको समन्वयमा महाशाखाले खटाएको विशेष टोलीले पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनु भयो । पक्राउ परेकाहरुले दिएको प्रारम्भिक बयानका अनुसार मोवाईल सेट चोरीको आरोपमा दासलाई खुकुरीले घाटी छिनाली हत्या गरिएको थियो । हत्याको आरोपमा सलग्न चारै जनामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दायर गरिएको र आजै उनीहरुलाई कैलाली प्रहरीलाई जिम्मा लगाइने पनि प्रवक्ता कोइरालाले बताउनु भयो । महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरु लागू औषध सेवनमा संलग्न रहेको पनि जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति