माओवादीको चुनावी पोस्टरमा कुलमानको तस्वीर

काठमाडौं, ३० चैत । नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुकमा राखेको चुनावी पोस्टरमा घिसिङको पनि फोटो राखिएको छ ।

प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ । ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निस्शुल्क बिजुलीको’ शीर्षक दिएर राखिएको तस्वीरमा घिसिङको फोटो प्रयोग गरिएको हो ।घिसिङको फोटोसहतिको तस्वीर माओवादीका नेता कार्यकर्ताले समाजिक सञ्जालमा सेयरसमेत गरिरहेका छन् ।२०७३ मा प्रचण्डको सरकारको पालामा शर्मा ऊर्जामन्त्री भएका बेला घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । घिसिङकै कार्यकालमा लोडसेडिङ अन्त्य भएको थियो ।

प्राधिरकणबाट बिदा भइसकेका घिसिङलाई गत साउनमा सरकारले पुनः कार्यकारी निर्देशक निर्देशकमा नियुक्त गरेको थियो ।घिसिङको तस्वीर दुरूपयोग गर्नु पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।घिसिङ सार्वजनिक सेवा प्रवाह गर्ने निकायको कार्यकारी पदधारण गरेका व्यक्ति हुन् । यस्ता व्यक्तिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने निर्वाचन आचारसिंहता २०७८मा उल्लेख छ । घिसिङ आफैं यसमा संलग्न नभए पनि उनको लोकप्रियता यताको जस लिने गरी उनको तस्वीर राखेर चुनावी प्रचार समग्री तयार भएको छ ।

यसमा घिसिङको सहमति वा असहमति के छ भन्ने खुलेको छैन ।निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आफ्नो स्वीकृति बेगर त्यस्तो गरिएको भए घिसिङले उजुरबाजुर गर्नसक्ने बताए । ‘उहाँले सहमति दिनु भएको भए त्यो आचासिंहता विपरीत हुन्छ,’ उनले भने,’असहमति छ भने उहाँले त्यसविरूद्ध उजुरी दिनुपर्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति