भूमाफियाहरूले काठमाडौंका ठाउँठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्नेः प्रधानमन्त्री देउवा

काठमाडौँ, २९ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले भूमाफियाहरूले काठमाडौंका ठाउँठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौंमा खाली ठाउँ नै नहुने गरी जग्गा हडपिएको बताएका हुन् ।’ भूमाफियाहरूले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । कसरी गरेका छन् पनि थाहा छैन । भोलि काठमाडौंमा खाली ठाउँ नै हुनेछैन । यसमा पनि ध्यान दिनुपर्छ,’प्रधानमन्त्री देउवाले भने, ‘खाली ठाउँ सबै आफ्नो नाममा गरेका छन् । यसमा पनि सहरी मन्त्रालय, गृह मन्त्रालयले सबै मिलेर काठमाडौंका खाली ठाउँहरूलाई जोगाउन ध्यान दिनुपर्छ ।’ त्यस्तै फरक प्रसंगमा उनले निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति