पाकिस्तानी प्रधानमन्त्रीमा शेहबाज सरिफ निर्वाचित

काठमाडौँ, — पकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग (नवाज) का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन् । सोमबार पाकिस्तानी संसद्९नेसनल एसेम्बली० मा १७४ जनाले शेहबाजका पक्षमा भोट दिएका हुन् । पाकिस्तानी प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद्लाई सम्बोधन गर्दै शेहबाज सरिफ, साथमा पीपीपीका नेता बिलाबल भुट्टो ।पाकिस्तान पिपल्स पार्टी (पीपीपी) को समेत समर्थनमा शेहबाज पाकिस्तानका २३औं प्रधानमन्त्री बनेका छन् ।पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) ले भने संसद् बहिष्कार गरेको छ। त्यस्तै पीटीआईका सांसदले सामूहिक राजीनामासमेत दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले ुआयातित सरकारु को विरोधमा राजीनामा दिने निर्णय गरेको हो ।

खानविरुद्ध विपक्षीले राखेको प्रस्ताव पारित भएसँगै आइतबारदेखि नै उनी प्रधानमन्त्रीबाट पदमुक्त भइसकेका थिए । पाकिस्तानको संसद् ९राष्ट्रिय सभा० आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद उनको विपक्षमा उभिए । ३४२ सदस्यीय पाकिस्तानी संसद्मा भएको मतदानमार्फत आफ्नो पद जोगाउन खानले कम्तीमा १७२ सांसदको समर्थन आवश्यक पर्थ्यो ।

नयाँ प्रधानमन्त्री शेहबाजले सन् २०२३ को अक्टोबरमा अर्को चुनाव नहुन्जेलसम्म सत्ता सम्हाल्नेछन् । शेहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् ।

सत्ताबाट इमरान खानको बहिर्गमनसँगै पाकिस्तानभर पीटीआईका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति