शशांकको चुनाव खर्च :आयोगमा-२१ लाख ७५ हजार, दाबी-६ करोड

काठमाडौं, २८ चैत्र । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन आयोमा बुझाएको चुनावी खर्च बाझिएको छ । ७४ को निर्वाचनमा चुनाव खर्च २१ लख ७५ हजार खर्च विवरण बुझाएपनि उनले शनिबार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको बताएका दिए । सञ्चारमाध्यममा आएको कोइरालाको दाबी र आयोगमा बुझाएको चुनाव खर्च विवरणमा तालमेल नभएपछि आयोगले यसबारे ध्यानाकर्षण गराउने भएको हो ।

आयोगको सोमबार बस्ने बैठकले कोइरालालाई ‍यसबारे थप प्रष्ट पार्न ध्यानाकर्षण पत्र पठाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।ुहिजो पनि यही विषयमा आयोगमा छलफल भएको थियो, स्रोतले भन्यो, आज भने पत्र पठाउने निर्णय गर्न लागेका छौं ।नेता शशांक कोइरालाले शनिबार एक कार्यक्रममा विगतमाभन्दा चुनाव निकै खर्चिलो भएको बताएका थिए । उनले अब चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था रहेको बताएका थिए । नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको सुनाएका थिए ।‘मैले आफ्नो कुरा गर्दा नवलपरासीबाट तीन पटक जितेँ ।

पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो, दोस्रो चुनावमा त्यो तीन करोड पुग्यो । गएको चुनावमा त छ करोड रुपैयाँ खर्च भयो,’ कोइरालाले भनेका थिए, ‘तपाईंहरूमध्ये कोही चुनाव लड्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु । चुनाव किन यति महँगो भएको हो ? अब कसले चुनाव लड्न सक्छ रु चुनाव लड्छु भन्नेबित्तिकै तपाईंलाई कमसेकम ६÷७ करोड चाहिने अवस्था छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति