काठमाडौं, २६ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरणपछि अर्को गम्भीर भूल गरेको बताएका छन् ।
गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई कटुवाल प्रकरणसँग जोड्दै उनले माओवादीले दोस्रोपटक गम्भीर भूल गरेको बताए ।शनिबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै महासचिव पोखरेलले तत्कालीन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको स्मरण गराएका छन् ।
‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्बन,’ पोखरेलले भनेका छन्, ‘आर्थिक संकटको कारक अर्थमन्त्री र मूकदर्शक बनेका प्रम आफैं हुन् ।’ गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले शनिबारमात्रै सार्वजनिक गरेको हो ।
प्रतिक्रिया