युरोपियन कमिसनकी प्रमुख उर्सुला भोन युक्रेनमा, राष्ट्रपति जेलन्स्कीसँग भेटवार्ता गर्ने

काठमाडौ, २५ चैत । युरोपियन कमिसनकी प्रमुख उर्सुला भोन युक्रेन पुगेका छन् । भोनले सामाजिक सञ्जाल ट्विटरमार्फत युक्रेनमा पुगेको तस्बिर सार्वजनिक गर्दै उनले आफू युक्रेनको राजधानी किएभमा रहेको जानकारी गराएका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनको राजधानी किएभ पुग्ने उनी सबैभन्दा उच्च पश्चिमी नेतृ रहेको रोयटर्सले जनाएको छ । ईयू कमिसन अध्यक्ष उर्सुलाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उर्सुलाका साथमा स्लोभाकियाका प्रधानमन्त्री एडवार्ड हेगर र ईयूको विदेश नीति प्रमुख जोसेप बोरल पनि हुनुहुन्छ । यसअघि पोल्यान्ड, चेक गणतन्त्र र स्लोभेनियाका प्रधानमन्त्री पनि रेलमार्फत किएभ गएका थिए । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बोरोदियाङ्का सहरमा भएको क्षति बुचा सहरको भन्दा डरलाग्दो रहेको बताएका छन् । भिडियो सन्देशमा जेलेन्स्कीले रुसी सेनाको आक्रमणबाट ध्वस्त भएको बोरोदियाङ्काको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेको बताए । उनले रुसी सेनाले जानीजानी सामान्य नागरिक बसेको ठाउँमा आक्रमण गरेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति