नेपाल बार एसोसिएसनको अध्यक्षमा घिमिरे निर्वाचित, महासचिवमा खनाल

काठमाडौं, २५ चैत । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । महासचिवमा भने अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् । अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए । उनको प्यानल नै पराजित भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति