काठमाडौं, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको खुलामञ्चमा आज आमसभा गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो ।
देशका विभिन्न सहरमा कार्यक्रम गरेपछि राप्रपाले आज काठमाडौंमा आमसभा गरेका छन् । स्थानीय तह निर्वाचनको चुनाव लक्षित सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीलगायत नेताहरू सहभागी भएका छन् । कार्यक्रममा नेता-कार्यकर्ताहरू हलो, झण्डा र पम्पलेटसहित उपस्थित भएका छन् ।




प्रतिक्रिया