कुन देशको राजदूतमा को सिफारिस ? (नामसहित)

काठमाडौं, २४ चैत । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले चीनका लागि विष्णुपुकार श्रेष्ठलाई नियुक्ति सिफारिस गरेको छ ।

राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

यी हुन् राजनीतिक कोटाबाट राजदूतमा नियुक्ति सिफारिस भएका १२ जना

विष्णुपुकार श्रेष्ठ, चीन

दानबहादुर तामाङ, दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल, स्पेन

बासुदेव मिश्र, श्रीलंका

मिलन तुलाधर, रसिया

कैलाश पोखरेल, अस्ट्रेलिया

डिल्लीराज पौडेल, मलेसिया

शान्ता रिजाल, इजराइल

ज्योति प्याकुरेल, दक्षिण कोरिया

प्राडा रामसुरज राय यादव, डेनमार्क

नवराज सुवेदी, साउदी अरब

नरेश विक्रम ढकाल

परराष्ट्र मन्त्रालयका उच्च तहका ८ कर्मचारीलाई पनि राजदूतमा नियुक्ति सिफारिस गरिएको छ । को‚ कुन देशका लागि सिफारिस भएका हुन् भन्ने जानकारी प्राप्त नभए पनि सिफारिस हुने अधिकारीहरू निम्नानुसार रहेका छन् :

घनश्याम भण्डारी

हरिशचन्द्र घिमिरे

डोरनाथ अर्याल

सुशीलकुमार लम्साल

भरतकुमार रेग्मी

निर्मलराज काफ्ले

दुर्गाबहादुर सुवेदी

तिर्थराज वाग्ले

सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति