नेपाल–भारत मैत्री धर्मशालाको मुद्दाको पेसी सारियो

काठमाण्डौ, २२ चैत । पशुपति क्षेत्रमा रहेको नेपाल–भारत मैत्री पशुपति धर्मसाला सम्बन्धी मुद्दाको सोमबार तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको छ ।

प्रतिवादी होटेल आनन्द प्राली ९बतास समूह०का तर्फबाट राखिएका अधिवक्ताहरुले यस अघि माग गरेको अन्तरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा आजको पेसी परेको थियो । तर अन्तरिम आदेश नदिने श्रीमान्‌ले यो मुद्दा हेर्न मिल्दैनकी भन्ने कुरा उठाउनु भएपछि आजको पेसी २७ गतेका लागि सरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताए । उनले भने, “होटेल आनन्द प्रालीले कतिपय कुरा अदालतलाई ठगेर मुद्धा दर्ता गराएको छ, छिटो अन्तरिम आदेश माग्नेले आज किन पेसी सारे, मुद्धा कमजोर छ भन्ने सहजै बुझिन्छ ।” बतास समूह अन्तर्गत रहेको होटेल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार नेपाल–भारत मैत्री धर्मसालाको सम्झौता उल्लेख गरिएका बिभिन्न सर्तहरु अनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरेको थियो । बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमानेपछि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारीक इमेलमा पत्र पठाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द प्रालीलाई धर्मशाला खाली गरिदिन गएको बिहीबार नै पत्राचार गरेको थियो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्द प्रालीसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति