मतदाता नामावलीको सशुल्क उपलब्ध‚ कुन तहमा कति?

काठमाडौँ, २१ चैत्र । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको हो । निर्वाचन निर्देशिका २०७८ ले व्यवस्था गरेअनुसार नै मतदाता नामावली उपलब्ध गराउनेबारे व्यवस्था भएको प्रवक्ता पौडेलको भनाइ थियो । ुकेन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उपलब्ध गराउन सकिन्छ भने जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको पत्रकार आधारमा जिल्लाभरिको ३ हजार पालिकाको १ हजार र वडाको आवश्यक भएमा ५ रुपैयाँ लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीको विद्युतीय कपी उपलब्ध गराउन सक्छ,ु उनले भने । प्रवक्ता पौडेलले सोमबार नै निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको जानकारी दिए । उनका अनुसार सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौडेलको संयोजकत्वमा बैठक बसेको बताए । ुउच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक ईश्वरीप्रसाद पौडेलको संयोजकत्वमा बैठक बस्यो । आयोग र सुरक्षा निकायका प्रमुख, गृहसचिव, रक्षा सचिवलगायतसँग कुरा भयो । गृहमन्त्रालयले एकीकृत सुरक्षा योजनाको बारेमा जानकारी गरायो,ु उनले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति