केपी ओलीको तस्बिर सगरमाथामा फहराइने

काठमाडौं, २१ चैत्र । राष्ट्रिय युवा संघ नेपाल इलामकी सचिवालय सदस्य युवन्तिका तामाङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्विर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने भएकी छन्।

इलामको सूर्योदय नगरपालिका वडा नं. १० निवासी तामाङले यही अप्रिल ५ देखि मे २९ सम्ममा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरी अध्यक्ष ओलीको तस्विर फहराउने भएकी हुन्। अध्यक्ष ओलीले विश्वसामु नेपाल र नेपाली जनताको शीर उँचो बनाएकाले उनको तस्विर फहराउने तयारी गरिरहेको उनले बताइन्।

संगठनमा रहेर काम गरिरहेका कारण राष्ट्रिय युवा संघको झण्डा समेत सगरमाथामा फहराउने तयारी उनले गरेकी छन्। आम नेपाली युवाहरुको प्रतिनिधित्व र युवाहरुको भूमिका तथा मागलाई राज्यका सम्पूर्ण तहमा स्थापित गराउन सफल भएकाले संघको झण्डासमेत ओलीको तस्विरसँगै फहराउने उनले बताइन्।

उनलाई अध्यक्ष ओली, उमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र संघका केन्द्रीय संयोजक किरण पौडेलले झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको निम्ति सफलताको शुभकामना दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति