रुसी फौजलाई युक्रेनी जनताले विषाक्त खाना खुवाउँदै

किभ, २१ चैत्र । रुसी कब्जामा परेको युक्रेनी सहर खार्किभका स्थानीयले शिष्टाचार निभाउने नाममा रुसी फौजलाई मिठामिठा खानामा विष मिसाएर खुवाउने गरेको बताइएको छ ।

युक्रेनको प्रमुख गुप्तचर महानिर्देशनालयले खार्किभदेखि करिब ८० माइल दक्षिणपूर्वमा पर्ने सहर इजियुमका स्थानीय बासिन्दाले दिएको रोटी खाएर रुसी महासंघको तेस्रो मोटर राइफल डिभिजनका कम्तीमा दुईजना सैनिकको तत्कालै मृत्यु भएको जनाएको छ । महानिर्देशनालयले यो विषय सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको हो ।यस्तै, विषाक्त खाना खाएका कारण अरू २८ रुसी सैनिकको सघनकक्षमा उपचार भइरहेको पनि बताइएको छ ।

तर, उनीहरूको स्वास्थ्यस्थितिबारे कुनै यकिन विवरण बाहिर आएको छैन ।गुप्तचर महानिर्देशनालयले सोही नियन्त्रित क्षेत्रमा विषाक्त रक्सी सेवनबाट पनि सयौँ रुसी फौज गम्भीर बिरामी परेको जनाएको छ ।झन्डै ६ साताअघि युद्ध सुरु भएयता रुसी सीमानजिकको पूर्वी अग्रमोर्चामा रहेको यस इजियुम सहरमा रुसी फौजले तीव्र आक्रमण गर्दै आएको छ । डेली बिस्टबाट ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति