इन्धन अभाव हुने चिन्ताले पेट्रोल पम्पमा सवारीको लामो लाईन

काठमाडौँ, १९ चैत्र । इन्धनको अभाव हुने चिन्ताले चितवनका पेट्रोल पम्पहरुमा शुक्रबार साँझ अबेरसम्म लामो लाईन लागेको छ । ढुवानी व्यवसायीले आफ्ना माग पूरा नगरेको भन्दै पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि अभाव हुने चिन्ताले पेट्रोल पम्पहरुमा लामो लाईन लागेको हो ।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले देशभर आजबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन् । यससँगै बजारमा पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँसको अभाव हुन सक्ने देखिएको हो ।आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए । निगमको डिपो र डिपोबाट बिक्रेताको लागि हुने लोडरअनलोड रोकेका अर्यालले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति