काठमाडौं , १८ चैत्र । युक्रेनलाई रुसी सेनाले युक्रेनको चेर्नोबिल परमाणु केन्द्र सुम्पिएको छ ।
युक्रेनले रुसको सेना परमाणु केन्द्रबाट फिर्ता गएको उल्लेख गरेको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा नियोग (आईएईए)ले जनाएको छ । चेर्नोबिल परमाणु केन्द्रलाई युक्रेनमाथि आक्रमण सुरु गरेको केही दिनमा नै रुसले आफ्नो नियन्त्रणमा लिएको थियो । रुसको नियन्त्रणमा रहेतापनि चेर्नोबिल परमाणु केन्द्र सञ्चालनको लागि युक्रेनकै कर्मचारीलाई राखिएको थियो ।
सन् १९८६ मा चेर्नोबिल परमाणु केन्द्रमा भयानक परमाणु संकट उत्पन्न भएको थियो। केन्द्रमा अहिले कुनै पनि परमाणु रियाक्टर छैनन् । तर, यसलाई व्यवस्थापन गर्नु जरुरी हुन्छ।
प्रतिक्रिया