सीसीटीभी सबै मतगणना स्थलमा जडान गरिने


काठमाडौँ, १७ चैत्र । आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान गरिने भएको छ ।


बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी निर्वाचन आयोगल दिएको हो । स्थानीय तहले सीसीटीभी राख्ने र आयोगले मनिटरिङ गर्नेछ । साथै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको र निर्वाचनका लागि २ करोड मतपत्र छापिने पनि बताएको छ । छपाई आजैबाट सुरु हुने छ ।


मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति