पाहां चह्रे जात्रा आज देखि सुरु, भोलि काठमाडौँ उपत्यकामा घाेडेजात्राकाे सार्वजनिक बिदा

काठमाडाै, १७ चैत । पाहां चह्रे जात्रा आज देखि सुरु भएकाे छ । यो जात्रा तीन दिन मनाउने गरिन्छ । भोलि काठमाडौँ उपत्यकामा घाेडेजात्राकाे सार्वजनिक बिदा पनि रहेकाे छ ।

पाहां चह्रे नख मा घोडा कुदाउने भएर घोडा जात्रा भन्न थालिएको हो । पाहां भनेको पहुना हो, नख भनेको भोज हो, चह्रे भनेको चन्द्र क्यालेन्डर को चौधौं दिनलाई बुझिन्छ । यस बेला आफन्त तथा साथीभाइहरु बोलाएर भोज खुवाउने चलन छ । पछिल्लो समय पाहां चह्रे लाई घोडा जात्रा भन्दै आए पनि अहिले फेरि पाहां चह्रे भन्ने चलन स्थापित हुन थालेको छ । यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमङ्गल ल्याउने विश्वास गरिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति