लक्ष्मी र आईसीआईसीआई बैंक बीच क्यूआर भुक्तानी सम्झौता

काठमाडाै, १७ चैत । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेड बिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न भएकाे छ ।

सो सम्झौता पत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदानप्रदान गरेका थिए । उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्यूआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउनेछ । साथै यो सम्झौताले दुई बैंक बिच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति