बसको ठक्करले जनकपुरमा मोटरसाइकल चालकको मृत्यु


जनकपुरधाम , १७ चैत । बसको ठक्करले जनकपुरधाम उपमहानगरपालिकामा एक जना मोटरसाइकल चालकको ज्यान गएको छ ।


घरबाट बा. ८० च ९०९४ नम्बरको मोटरसाइकल चढेर क्षिरेश्वरनाथ नगरपालिका १ बस्ने ३५ बर्षीय मनोज लामिछाने जनकपुरधामतर्फ आउँदै गर्दा विपरित दिशातर्फ जाँदै गरेको प्रदेश–२–०३ ००१ख ०५३२ नम्बरको बसले जनकपुरधाम १४ स्थित खाद्य संस्थानको अगाडि ठक्कर दिएको धनुषा प्रहरीका प्रवक्ता एवम् डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।


लामिछानेको घट्नास्थलमै मृत्यु भएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति