युक्रेनको मारिउपोल सहरमा रुसद्वारा युद्धविराम घोषणा


काठमाडौं , १७ चैत्र । रुसको रक्षा मन्त्रालयले युक्रेनको तटीय सहर मारिउपोलमा युद्धविराम घोषणा गरेको छ ।


आम नागरिकलाई सुरक्षितरुपमा सहरबाट बाहिर निकाल्ने उद्देश्यका साथ रुसले युद्धविराम घोषणा गरेको हो । बिहीबार बिहानदेखि युद्धविराम घोषणा लागू हुने अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीले बताएको छ। स्थानीय समयअनुसार बिहान १० बजे मारिउपोलबाट जापोरज्झियासम्म मानवीय कोरिडोर खुल्नेछ ।


यो घोषणालाई लिएर युक्रेनले भने अहिलेसम्म केही उल्लेख गरेको छैन । मारिउपोलमा यसअघि पनि युद्धविरामको प्रयास भएतापनि दुवै पक्षमा देखिएको विश्वासको अभावको कारण सम्भव हुन सकेको थिएन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति