काठमाडौँ, १७ चैत्र । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ पाँचदलीय गठबन्धन अझै एकतावद्ध भएर अघि बढ्ने बताएका छन्।
उनले स्थानीय चुनावमा पाँचदलीय गठबन्धन तालमेल गरेर जाने पनि बताए।‘हाम्रो पार्टीले अहिलेको गठबन्धनलाई सँगसँगै लिएर जाने निर्णय गरेको छ, गठबन्धन झन् एकतावद्ध भएर अघि बढ्छ,’ आज काठमाडौंमा रिपोर्टस् क्लबको कार्यक्रममा देउवाले भने, ‘यहाँ गठबन्धन के हुन्छ भन्ने पनि कुरा आयो, एकताबद्ध हुन्छ चिन्ता नलिनुस्।’उनले गठबन्धनमा समस्या देखिए मिलाएर जाने पनि बताएका थिए।
‘कुनै अप्ठ्याराहरू आए भने पनि मिलाएर जान्छौं,’ उनले भने। आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरूसँगको एकतालाई थप बलियो बनाउने देउवाको भनाइ थियो। साथै देउवाले वैशाख ३० मा हुने स्थानीय चुनाव भयरहित वातावरणमा हुने बताएका छन्।
प्रतिक्रिया