काठमाडौं, १७ चैत्र । मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमण जाने हुँदा विभिन्न जिम्मेवारी समेत आजको बैठकबाट बाँडफाँड गरिने एक मन्त्रीले बताए । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा देउवा शुक्रबार नयाँदिल्ली जाँदै छन् । देउवाले दोस्रो दिन भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यसूची छ । नेपालबाट प्रधानमन्त्री स्तरको भारत भ्रमण चार वर्षपछि हुन लागेको हो ।
मन्त्रिपरिषद्को बैठक बस्दै
प्रतिक्रिया