काठमाडौँ, १५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा सीमा समस्याबारे छलफल हुनसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलो पटक तीन दिने भ्रमणका लागि शुक्रबार भारतको राजधानी नयाँ दिल्ली जाँदैछन्। ‘हाम्रा दुई देशबीच सीमा समस्या छन्। भ्रमणमा कुनै न कुनै तहमा यसबारे कुरा हुनसक्छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनिन्। प्रधानमन्त्री देउवाको भारत भ्रमण टोलीमा को-को सहभागी हुने टुंगो भइनसकेको उनले बताइन्।’भ्रमणको तयारी तीव्र गतिमा भइरहेको छ। एजेन्डाबारे वर्कआउट हुँदैछु’, उनले थपिन्। प्रधानमन्त्री देउवाले यही कार्तिक १८, १९ र २० गते छिमेकी देश भारतको भ्रमण गर्न लागेका छन्। उनले भ्रमणबारे आवश्यक तयारी अगाडी बढिरहेको बताइन्। श्रीलंकाको कोलम्बोमा सुरु भएको बिमस्टेक सदस्य राष्ट्रहरुको पाँचौ शिखर सम्मेलनमा भाग लिन पुगेका परराष्ट्रमन्त्री डा। नारायण खड्काले मंगलवार नै मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गरिसकेका छन्। मन्त्री खड्काले भारतीय समकक्षीसँग पनि साइडलाइन भेटवार्ता गरिसकेको उनले बताइन्।
बिमस्टेक शिखर सम्मेलनमा बुधबार प्रधानमन्त्री देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले बताइन्। सम्मेलनमा बिमस्टेकको बडापत्र, आपराधिक मामिलामा आपसी कानूनी सहायता सम्बन्धी बिमस्टेक महासन्धि, कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आबद्धताको सम्झौता र कूटनीतिक तालमेलको क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमस्टेक समझदारी पत्र गरी चारवटा दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको लम्सालले बताइन्। उनले मार्च २५ देखि २७ सम्म चीनका विदेशमन्त्री वाङ यी ले नेपालमा गरेको भ्रमणका क्रममा ९ वटा विषयमा सम्झौता भएको बताइन्। भ्रमणका क्रममा दुई देशबीचको पारस्परिक हितलाई प्रवद्र्धन गर्ने विषयमा छलफल भएको उनले बताइन्। नेपालले गणतन्त्र पलाउ र दक्षिण सुडान कुटनीतिक सम्बन्ध कायम गरेको प्रवक्ता लम्सालले जानकारी दिइन्। यससँगै नेपालको १७५ देशसँग कुटनीतिक सम्बन्ध स्थापना भएको उनको भनाई छ। यसका साथै नेपालको परराष्ट्र मन्त्रालय र दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्रको स्थापना गर्ने सम्झौतामा दुई देशका परराष्ट्र सचिवस्तरमा हस्ताक्षर भएको पनि उनले बताइन्।
नेपाल र बंगलादेशका परराष्ट्र सचिव स्तरीय तेस्रो बैठक आगामी अप्रिल ११ देखि १३ सम्म पोखरामा हुने पनि भएको छ। यसबीचमा परराष्ट्र मन्त्रालयले नेपालबाट बाहिर पुगेका पुरातात्विक महत्वका ७९ वटा सम्पदाहरू स्वदेश फर्काएको पनि मन्त्रालयले जनाएको छ। जसमध्ये तिब्बतबाट २८, कलकत्ताबाट १३, बेलायतबाट १९, अमेरिकाबाट १७, अष्ट्रीयाबाट १ र जर्मनीबाट १ थान सम्पदा नेपाल फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन।
प्रतिक्रिया