ट्याक्टर दुर्घटना हुँदा डोटीमा चालकको मृत्यु


डोटी , १५ चैत । डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


सोमबार गौरीगङ्गा नगरपालिका–४ कैलाली घर भएका ट्याक्टर चालक ज्ञानबहादुर चौधरीकास्थानीय तिनट्टे भन्ने ठाउँमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा अछामको चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुल घाइते भएका छन् ।

भुलको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति